लोप लालचमा फस्दिनः माधव नेपाल

सुर्खेतः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफु कुनै पनि व्यक्तिले देखाएको लोप लालचमा नफस्ने बताएका छन् ।
कर्णाली प्रदेशका १० जिल्लाबाट आफ्नो पार्टीबाट विजयी भएका जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण दिन बिहिवार सुर्खेत आएका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले कसैले चाहेर पनि अहिलेको सत्ता गठबन्धन टुटाउन नसक्नेसमेत प्रष्ट पारे । साथै उनले स्थानीय तहको निर्वाचन परिणामलाई समिक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् ।
अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रष्ट पारेका छन् । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको आरोप लगाउँदै उनले आफूलाई कुनै पदको लोभ, लालच नभएको पनि सुनाए ।
अध्यक्ष नेपालले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए । ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ अनाआवश्यक कुरा गरेर समय खर्चिनेको कुरा सुनेर नअलमलिनसमेत उनले आग्रह गरे । स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाजवादीले देशभरबाट २० स्थानीय तहमा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार